NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २८ गते

१४ टन सहायता सामग्री बोकेर नेपाली टोली काबुल उड्यो 

काठमाडौँ । नेपाल सरकारले चरम मानवीय संकटको सामना गरिरहेका अफगानिस्तान जनताका लागि औषधि तथा लत्ताकपडा सहायता गर्ने भएको छ ।  परराष्ट्र मन्त्रालयको टोली आज करिब १४ टन बराबरको औषधि तथा लत्ताकपडा सहितका सहायता सामग्रीहरु बोकेर काबुल उडेको हो ।  परराष्ट्रमन्त्री नारायण खड्काले नेपाल सरकारले उपलब्ध गराउने सहायता सामग्रीको सूचीमा औषधि, लत्ताकपडा, भाँडाकुडालगायत सामग्री रहेको बताए ।  यो सामग्री नेपालले अफगानिस्तानस्थित संयुक्त राष्ट्र संघ मार्फत उपलब्ध गराउनेछ ।  नेपालले पहिलो पटक जहाजबाट एकै पटक यति ठूलो मात्रामा अर्को देशलाई सहायता उपलब्ध गराएको हो । यो सहयोगले नेपालले सदैव सहयोग लिने मात्रै होइन, आवश्यक पर्दा अन्य देशमा सहयोग पनि पठाउँछ भन्ने सन्देश जाने मन्त्री खड्काले पत्रकार सम्मेलनमा बताए ।  काबुलका लागि सहायता सामग्री बोकेको जहाज उड्नुअघि मन्त्री खड्काले विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै यसबारे जानकारी दिएका हुन् ।   

ताजा अपडेट

नेपालवाच विशेष