NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २८ गते

बतासको सञ्चलानमा रहेकाे पशुपति धर्मशालामा मन्त्री आलेको निरीक्षण

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम बहादुर आले पशुपतिनाथस्थित धर्मशालाको निरीक्षणमा पुगेका छन् ।  उनका स्वकीय सचिव हेमन्त रेग्मीका अनुसार मन्त्री आले भर्खर धर्मशाला पुगेका हुन् । उक्त नेपाल भारतमैत्री धर्मशालामा बतास समूहले व्यापार गर्दै आइरहेको विषयमा छानविन गर्नका लागि मन्त्री आलेले समिति नै गठन गरेका छन् ।  सात दिनभित्र प्रतिवेदन पेश गर्नेगरी उक्त धर्मशालामा होटलका रुपमा सञ्चालन गरेको आरोप लागेको छ । यसबारे छानविन गर्नका लागि पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको संयोजकत्वमा समिति गठन गरिएको हो ।  धर्मशालालाई पशुपति क्षेत्र विकास कोषले होटल आनन्द प्रालि(बतास समूह) लाई भाडामा दिएको थियो । पशुपति आउन तीर्थालुका लागि बनाइएको भवनमा बतासले होटल सञ्चालन गरेर मनपरी भाडा असुलेको आरोप छ ।  यतिबेला मन्त्री आले सोही धर्मशालाकोे निरीक्षणमा पुगेका हुन् ।  मन्त्री आलेले यसअघि पनि मौखिक निर्देशनमा नारायणहिटी दरबार हातामा उक्त समूहले निर्माण गर्दै गरेको क्याफेटेरिया भत्काउन लगाएका थिए । यतिबेला बतास समूह त्यहाँ क्याफेटेरिया निर्माण गर्नबाट पछि हटिसकेको छ ।       

ताजा अपडेट

नेपालवाच विशेष