NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २८ गते

कोउटिन्होले डेब्युमै गोल गरेपछि युनाइटेड बराबरीमा रोकियो (६ खेलको नतिजासहित)

काठमाडौं । भर्खरै बार्सिलोनाबाट आएका फिलिपे कोउटिन्होले डेब्युमै गोल गरेपछि इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड एस्टन भिल्लासँग बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा युनाइटेड घरेलु टोली एस्टन भिल्लासँग २–२ गोलको बराबरीमा रोकिएको हो । सुरुवाती दुई गोलको अग्रता जोगाउन नसक्दा युनाइटेड बराबरीमा रोकिन बाध्य भएको हो ।  खेलको छैटौं मिनेटमा नै ब्रुनो फर्नान्डेजले गोल गर्दै युनाइटेडलाई सुरुवाती अग्रता दिलाएका थिए । ६७ औं मिनेटमा पुनः फर्नान्डेजले नै गोल गर्दै टोलीलाई २–० को बलियो स्थितिमा पुर्याए । तर, ७७ औं मिनेटमा ज्याकोब रामसीले गोल गर्दै एस्टन भिल्लालाई २–१ को अवस्थामा ल्याए ।  त्यसपछि खेलको ८१ औं मिनेटमा कोउटिन्होले गोल गर्दै एस्टन भिल्लालाई २–२ गोलको बराबरीमा ल्याए । बार्सिलोनाबाट लोनमा आएका कोउटिन्होले डेब्यु खेलमै गोल गरेका हुन् ।  युनाइटेड आफ्ना प्रमुख खेलाडी क्रिस्टियानो रोनाल्डोविना नै मैदानमा उत्रिएको थियो ।  यस बराबरीसँगै युनाइटेडले २० खेलमा ३२ अंक जोडेको छ । युनाइटेड सातौं स्थानमा रहेको छ । एस्टन भिल्ला भने २३ अंक जोडेर लिगको १३ औं स्थानमा रहेको छ । गएराति नै भएका अन्य खेलहरूमा शीर्ष स्थानको चेल्सीले दोस्रो स्थानको चेल्सीलाई १–० ले हराएको छ । यस्तै, अर्को खेलमा वोल्भले साउथह्याम्पटनलाई ३–१ गोल अन्तरले पाखा लगाएको छ भने नर्विचले इचर्टनलाई २–१ ले हारएको छ । यसैगरी, न्युक्यासल युनाइटेड र वाटफोर्ड तथा ब्राइटन र क्रिस्टल प्यालेसले १–१ गालको बरारबरी खेलेका छन् । लिगको तेस्रो स्थानमा लिभरपुल तथा चौथोमा वेस्ट ह्याम छन् । 

ताजा अपडेट

नेपालवाच विशेष