NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २८ गते

‘म यस्तो गीत गाउँछु २’ को प्रदर्शन मिति अन्योलमा 

काठमाडौं । पछिल्ला केही दिनयता नेपालमा कोरोना भाइरस संक्रमण दर बढ्दो छ । कोरोना कहामारी थला पारेको चलचित्र क्षेत्र बलिउड फिल्म ‘सूर्यबंशी’ प्रर्दशनमा आएपछि नेपाली चलचित्रहरूले पनि भटाभट प्रर्दशन मिति तोके ।  केही चलचित्र प्रर्दशनमा आइसके । नेपाली हरर फिल्म ‘कठपुतली’ प्रर्दशन भइरहेको छ ।  त्यस्तै यही माघ १९ गतेलाई प्रर्दशन मिति तोकेको नेपाली फिल्म ‘म यस्तो गीत गाउँछु २’ को प्रदर्शन मिति भने अन्योलमा परेको छ । केही दिनअघि मात्रै ‘म यस्तो गीत गाउँछु २’ को प्रमोसनल गीत छायांकनका लागि निर्देशक सुदर्शन थापा, नायक पल शाह, नायिका पूजा शर्मालगायतको टिम चितवनको माडी पुगेको थियो ।  माडीमा छायांकन भएको गीतको भिडियोमा पूजा थारु संस्कृति झल्कने पहिरनमा सजिएकी थिइन् । जुन तस्बिरले सामाजिक सञ्जालमा राम्रै स्थान पाएको थियो । अहिले सो टिम छायांकन सकेर काठमाडौं फर्किसकेको छ । कोरोनाको नयाँ लहरका कारण स्थिति फेरि बदलिएपछि यसको निर्माणपक्षमा अन्योल देखिएको छ । संक्रमण अझै बढ्दै गएको खण्डमा फिल्मको प्रदर्शन मिति सार्ने सोच निर्माताको रहेको बताइएको छ ।  

ताजा अपडेट

नेपालवाच विशेष