NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २८ गते

उडेको विमानको ढोका आकाशमै खुलेपछि…

काठमाडौं । आज नेपाली आकाशमा अनौठो घटना घटेको छ । त्यो अनौठो घटना हो, उडिरहेको विमानको ढोका आकाशमै खुल्नु ! काठमाडौंबाट पोखरा उडेको गुण एयरलाइन्सको जहाजमा यस्तो घटना भएको हो । विमानमा यात्रु चढ्ने ढोका खुलेपछि पोखरा उडेको विमान काठमाडौंमै फर्काएर सुरक्षित अवतरण गराइएको छ ।  गुण एयरलाइन्सका बजार प्रमुख प्रज्वल थापाका अनुसार अमेरिकन विचक्राफ्टको उक्त जहाजमा १५ यात्रुसहित चालकदलका तीन सदस्य सवार थिए । काठमाडौंबाट उडेको पाँच मिनेटमात्र भएको थियो । जहाजको पछाडितर्फ रहेको यात्रु चढ्ने ढोका एक्कासि खुल्न पुग्यो । पछि विमानलाईए काठमाडौं विमानस्थल नै फर्काइएको हो । सो विमानका यात्रुलाई गुणकै अर्को विमानबाट पोखरा पठाइएको छ । के कारणले यस्तो भयो खुलिसको छैन । यद्यपि, प्राविधिक कारण यस्तो समस्या भने नआएको एयरलाइन्सको दाबी छ । 

ताजा अपडेट

नेपालवाच विशेष