एमालेका यी नेतालाई पनि कोरोना, को–को छन् तेस्रो लहरले भेटेका नेता ?

काठमाडौं । पछिल्लो दुई हप्तायता नेपालमा लगातार कोरोना भाइरस संक्रमितको संख्या बढिरहेको छ । कोरोनाको तेस्रो लहर ओमिक्रोन आएसँगै यसको संक्रमण शीर्ष नेताहरूमा पनि देखिएको छ । दुई साताअघि नेकपा (माओवादी)को महाधिवेशन सम्पन्न भएयता शीर्ष नेताहरूलाई कोरोनाले भेटेको हो । यस्तै, नेकपा (एमाले)को जिल्ला अधिवेशनपछि कोरोना संक्रमण हुने नेताको सूची बढेको छ । हालैमात्र उपाध्यक्ष विष्णु पौडेल र युवराज ज्ञवाली कोरोनाबाट संक्रमित भएका छन् । शान्ता चौधरी, नवीनालगायत थुप्रै नेतालाई कोरोना संक्रमण भएको एमाले स्रोतले जनाएको छ । कतिपय नेताले सामाजिक सञ्जालमार्फत आफै यसको जानकारी दिइरहेका छन् । यसअघि शुक्रबारमात्र एमालेका महासचिव शंकर पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको थियो । उपमहासचिव प्रदीप ज्ञवाली कोरोनाबाट मुक्त भएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नारायणकाजी श्रेष्ठलाई गत शनिबार कोरोना संक्रमण भएको थियो । त्यसपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पोडेललगायतका माओवादी केन्द्रका थुप्रै नेता–कार्यकर्तालाई कोरोना संक्रमण पुष्टि भयो । यस्तै, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई पनि गत बुधबार संक्रमण भएको थियो । सम्बन्धित समाचार कोरोनाको तेस्रो लहरले भेटेका नेतामा प्रचण्ड-माधवसँगै को–को ?
प्रतिक्रिया