NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असार ३ गते
२०८१ असार ३ गते

पार्टी प्यालेसमा ५० जना जान पाउने, कलेज र ट्युसन बन्द

काठमाडौं । सरकारले कोरोना भाइरस महामारी नियन्त्रणका लागि फेरि कडाइ गरेको छ । सरकारका प्रवक्ता सूचना तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार अब पार्टी प्यालेस, डिपार्टमेन्ट स्टोर तथा सपिङ मलमा एकपटकमा ५० जनाले मात्रै प्रवेश पाउने भएका छन् ।  पार्टी प्यालेसले प्रमुख जिल्ला अधिकारीबाट पूर्वस्वीकृति लिएर विवाह, ब्रतबन्धजस्ता धार्मिक–सांस्कृतिक कार्य सञ्चालन गर्न सक्नेछन् ।  तर यसका लागि पनि केही शर्त पालना गर्नुपर्नेछ । सरकारका अनुसार कुल क्षमताको एक–कतिहाइ मात्र चलाउनुपर्ने र बढीमा ५० जना मात्र उपस्थित हुन पाउनेछन् । साथै सरकारले माघ १५ गतेसम्म कलेज, विश्वविद्यालय तथा ट्यूसन सेन्टर पनि बन्द गर्ने निर्णय गरेको छ । यसअघि सरकारले विद्यालयमात्रै बन्द गर्ने आदेश दिएको थियो।   अर्कोतर्फ सरकारले माघ १५ सम्म रात्रीकालिन व्यवसाय, फिल्म हल तथा जिम पनि बन्द गर्ने आदेश  दिएको छ ।   

ताजा अपडेट

नेपालवाच विशेष