४९ सय ६१ कोरोना संक्रमित थपिए, ३ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा चार हजार ९६१ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । शनिबार ४६३६ जनामा संक्रमण देखिएको थियो । हिजोको तुलनामा संक्रमण केही बढेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या २५ हजार ६८० पुगेको छ । आइतबार १२ हजार ५६२ पिसिआर परीक्षण गरिएको थियो । जसमा चार हजार ५३४ र दुई ५६९ एन्टिजेन परीक्षणबाट ४२७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै, आज कोरोना भाइरसको संक्रमणबाट तीन जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ६२० पुगेको छ ।
प्रतिक्रिया