NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २८ गते

मातहतकै कर्मचारीको माग : मनी लन्ड्रिङ र डलर अपचलन गर्ने मन्त्री आलेमाथि नै छानबिन हुनुपर्छ

काठमाडौं । आइतबार पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेम आले पशुपति क्षेत्र विकास कोषको नाममा निर्माण भएको धर्मशालाको अनुगमन गर्न गौशालामा थिए । बतास समूहले लिजमा लिएर त्यो धर्मशालालाई होटलमा परिणत गरेको छ । त्यो लिज सम्झौतामा असन्तुष्ट बनेका आलेले आइतबार त्यहाँको अनुगमन गरे । सोही क्रममा लिज प्रकृयाको छानविन गर्ने प्रतिबद्धता जनाए ।  मन्त्री आले पशुपतिनाथ क्षेत्रमा अनुगमनमा व्यस्त रहँदा सिंहदरबारभित्र उनकै मन्त्रालयमा कर्मचारीहरू भने उनीेमाथि नै प्रश्न उठाइरहेका थिए ।  कर्मचारीले आलेमाथि बिशेषगरी तीन वटा प्रश्न उठाएका थिए, मनी लन्ड्रिङ, डलर अपचलन र राजनीतिक प्रतिशोध ।  यी तीन विषयमा मन्त्री आलेमाथि नै छानबिन समिति गठन हुनुपर्नेमा उनीहरुको जोड थियो ।  सोही क्रममा एक सहसचिवले मन्त्री आलेको आर्थिक अपारदर्शीतामा गम्भीर प्रश्न उठाएका छन् ।   उनले उठाएको प्रश्न मन्त्री आलेले बोक्ने फोनसँग छ । ती कर्मचारीका अनुसार मन्त्री आलेसँग दुईवटा मोबाइल फोन छन् । त्यसमध्ये एउटा मोबाइलमा बारम्बार आर्थिक लेनदेनको विषयमा मात्र कुरा भइरहेको हुन्छ । ‘उनीसँग भएको दुईवटा फोनमध्ये एउटा फोनमा यति पैसा फलाना अकाउन्टमा राख र यति पैसा अर्को अकाउन्टमा राख भनेर कुरा भइरहन्छ,’ उनले भने । हरेकदिन ४ बजेपछि उताबाट आज यति पैसा आयो भनेर फोन आउँछ । मन्त्री आलेले त्यो पैसा कुन अकाउन्टमा राख्ने भन्ने निर्देशन दिन्छन् । यो संवादबाट आलेको दैनिक आर्थिक लेनदेन भइरहेको प्रष्ट हुन्छ । कर्मचारीहरूले यो संवादलाई मन्त्रीको आर्थिक अनियमिततासँग जोडेर ब्याख्या गरेका छन् । कम्तीमा पनि मन्त्री भइरहँदा र सकेसम्म भइसकेपछि आपराधिक कार्यमा संलग्न हुन हुँदैन ।  मन्त्री आलेले अनियमितताविरुद्ध अनुगमन, कारबाही र छानबिनका घटना बढाइरहँदा उनकै मन्त्रालयमा कर्मचारीले भने उनको पारदर्शीतामा प्रश्न उठाइरहेका छन् । नेपालवाचको सम्पर्कमा आएका ती सहसचिवले भने, ‘त्यो फोन ट्यापिङ गरौं । मन्त्रीका हरेक आर्थिक अपराध खुलस्त हुन्छ ।’ उनले मन्त्रीले गरिरहेको काम हेर्दा देशमा कानुन छ जस्तो महसुस हुन नसकेको बताए ।  ‘मैले अहिलेसम्म सरकारका धेरै मन्त्रीसँग बसेर काम गर्ने मौका पाएँ । तर, यस्तो मन्त्री त अहिलेसम्म देखेको थिइनँ । निगममा पनि माथिल्लो दर्जाका सबै कर्मचारी निकालेर पैसा असुल्दै आफ्नो मान्छे भर्र्ना गर्ने तयारीमा छन्,’ उनले थपे ।  दोस्रो प्रश्न : अहिले मन्त्री आले हरेक कामको छानबिन समिति गठन गर्दै हिँडिरहेका छन् ।  उनका अनुसार एक हिसाबले छानबिन समिति बनेका छन् । ठीकै पनि होला । त्योभन्दा अघि मन्त्री आलेकै क्रियाकलापबारे अनुसन्धान गर्न छानबिन समिति आवश्यक भइसकेको छ । यसबारे हामीले प्रधानमन्त्रीलाई पनि खबर गरेका छौँ ।  बिशेषगरी, मन्त्री आलेमाथि मनि लन्ड्रिङबारे छानबिन आवश्यक छ ।  एउटा उदाहरण हेरौँ, कुनै पनि नेपाली नागरिकले विदेश जाँदा एक पटकमा १५ सय डलरभन्दा बढी पैसा लैजान पाउँदैन । तर उनले बेलायतको लण्डन जाँदा करिब ६० हजार अमेरिकी डलर बोकेर गएका थिए ।  ‘लण्डन जाँदा कति पैसा बोकेर गए भनेर देख्ने मान्छेहरू छन् । त्यो छानबिन गर्न उनले त्यहाँ किनेका सामानहरू, सिसिटिभी फुटेज हेर्न सकिन्छ’, ती सहसचिवले प्रतिप्रश्न गरे, ‘उनले खरिद गरेका सामानको मूल्य हेरेर पनि थाहा हुन्छ । मन्त्री हुनेबित्तिकै उनले त्यत्तिका विधि सामान ल्याउन छुट छ र ? ६० हजार डलर बोकेर  हिँड्न पाउने अधिकार छ र ? उनको समस्या भनेकै आफू चर्चामा आउनका लागि अरुलाई होच्याउने बानी हो ।’  सम्बन्धित समाचार आलेसँग कर्मचारी दिक्क : भन्छन्, ‘दिन गन्दै बसिरहेका छौँ’ नेपालमा गैंडाको संख्या बढेपछि मन्त्री आले खुसी संसदीय समितिमा मन्त्री आलेको अनुहार : सतही, मिडिया स्टन्ट रुचाउने  राजस्व छलेर भाग्न लागेका क्यासिनो सञ्चालकमाथि आलेको अंकुश वनमन्त्री आलेकाे अनुचित निर्णय : 'निकुञ्ज विभागले हटाउने' निर्णय गरेकाे राराकाे होटलको म्याद पाँच वर्ष थपे      

ताजा अपडेट

नेपालवाच विशेष