NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २८ गते

क्रेनको ठक्करबाट कुवेतमा सानुकान्छीको मृत्यु, सम्पर्कमा आएनन् परिवार 

काठमाडौं ।  कुवेतमा सडक पार गर्ने क्रममा दुर्घटना हुँदा एक नेपाली महिलाको मृत्यु भएको छ । उनी सिन्धुपाल्चोककी सानुकान्छी दोङ भएको त्यहाँस्थित नेपाली राजदूतावासले जनाएको छ । उनलाई कुवेतको मंगाफमा क्रेनले ठक्कर दिएको हो । शुक्रबार दिउँसो करिब १ः१५ बजे सडक पार गर्दैगर्दा विपरीत दिशाबाट आउँदै गरेको क्रेनले सानुकान्छीलाई ठक्कर दिएको हो । उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ । ठक्कर दिने क्रेनलाई कुवेत प्रहरीले नियन्त्रणमा लिएको छ । मृतकको शबलाई पोस्टमार्टमको लागि अस्पताल पठाइएको बताइएको छ । सिन्धुपाल्चोक साबिकको गोल्छे–१ की मृतक सानुकान्छीको परिवार हालसम्म सम्पर्कमा नआएकाले नेपाली राजदूतावासले जनाएको छ । कुवेतका द्वितीय सचिव श्रीकृष्ण सिलवालले उनीहरूलाई सम्पर्कमा आउन आग्रह गरे ।  घटनापछिका कानुनी प्रकृयामा दूतावास र सम्बन्धित निकायले काम गरिरहेको उनले जानकारी दिए ।  

ताजा अपडेट

नेपालवाच विशेष