NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २८ गते

आलेसँग कर्मचारी दिक्क : भन्छन्, ‘दिन गन्दै बसिरहेका छौँ’

काठमाडौं । नारायणहिटी दरबारमा बतास समूहले बनाउँदै गरेको रेष्टुराँ भत्काएर अहिले मन्त्री प्रेम आले चर्चामा छन् ।  मन्त्रालयको जिम्मेवारी सम्हालेसँगै मन्त्री आलेले नेपाल वायु सेवा निगमभित्र चर्किएको कर्मचारी आन्दोलनलाई मत्थर गराए । साविकको महाप्रबन्धकलाई मन्त्रालयमा तानेर नयाँ कार्यकारी अध्यक्ष नियुक्त गरे ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रुहरूलाई रिङरोडको पहुँच दिलाउन सटल बस सेवा सञ्चालनमा ल्याए । विगतमा भएका काममा अनियमितता भएको आशंकामा मन्त्री आलेले करिब आधा दर्जन छानविन समिति बनाइसके । उनले पशुपति क्षेत्र विकास कोषअन्तर्गत रहेको धर्मशाला एउटा व्यापारिक घरानालाई कौडीको भाउमा लिजमा दिएको भन्दै छानबिन समिति बनाए । छानबिन समितिले सोमबार प्रतिवेदन सार्वजनिक गर्दैछ । तर छानबिन समितिले प्रतिवेदन बुझाउन एक दिनअघि त्यहीँ पुगेर मन्त्री आलेले ‘धर्मशाला त सेभेनस्टार हस्पिटलजस्तो रहेछ’ भन्ने टिप्पणी गरे ।  आम नागरिकको नजरमा मन्त्री आलेले गरेका यी सबै काम आवश्यक थिए भन्ने छ । बेथिति नियन्त्रणका लागि उनको कदम स्वायतयोग्य भनिरहेका छन् । मन्त्रालय मातहतकै अर्को विभागका एक कर्मचारी पनि उस्तै गुनासो पोख्छन् । मन्त्री आलेको रिसाहा प्रवृत्तिबारे थर्कमान उनी कुनैदिन ‘मन्त्रीले कर्मचारी कुटे’ भन्ने समाचार आएमा आश्चर्य नहुने बताउँछन् । अहिलेसम्म काम गरेका मन्त्रीमध्ये आलेसँग काम गर्न निकै नै अप्ठेरो भएको उनले दाबी गरे ।   आफ्ना विभागीय मन्त्रीले गरेको कामको प्रशंसा भइरहँदा त्यहीँ मन्त्रालयका कर्मचारीहरू भने मन्त्री आलेसँग रुष्ट बन्दै गएका छन् । ‘मन्त्रीज्यू धेरै हिंस्रक भएर प्रस्तुत भइरहनुभएको छ, मन्त्रालयको काम नीति–नियमअनुसार हुन छोडेका छन्,’ नेपालवाचसँग कुरा गर्दै एक कर्मचारीले भने, ‘आफूले जे बोल्यो त्यही कानून हो भन्ने भ्रम उहाँलाई पर्न थालेको छ ।’ सुधार गर्ने लक्ष्य राख्नुभन्दा पद रित्त गराउने र त्यहाँ आफ्ना मान्छे भर्ती गराउने धाउन्नमा मन्त्री आले केन्द्रीत रहेको मन्त्रालयका कर्मचारीहरूले आरोप लगाएका छन् । एक कर्मचारीका अनुसार मन्त्रालय थितिमा चल्न छाडेको छ, कति खेर मन्त्रीज्यूलाई के लाग्छ, त्यही आदेश आउँछ । मन्त्रालयका योजना, त्यसले तय गरेका लक्ष्य हासिल गर्न विधि–प्रक्रिया चाहिन्छ भन्ने विषय अहिले मन्त्रालयमा नरहेको कर्मचारीहरुको टिप्पणी छ । मन्त्रीको सनकमा आउने हरेक आदेश मन्त्रालयको कानून हो । त्यो कार्यान्वयन गर्नु आफूहरूको कर्तव्य जस्तै भएको कर्मचारीहरूको गुनासो छ ।  मन्त्री आलेमाथि टिप्पणी गर्दै मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘मन्त्री प्रेम आलेको उद्देश्य आफ्नो प्रचारप्रसार गरेर अरुलाई बेवकुफ बनाउने हो ।’ उनका अनुसार मन्त्रालयमा आइसकेपछि काम अघि बढाउने शिलशीलामा उनले गर्न खोजेका काम सतही रुपमा मात्रै अघि बढे । चर्चाका लागि यस्तो गर्छु र उस्तो गर्छु भने ।  ‘गौतम बुद्ध विमानस्थलमा भोलिपल्टैबाट क्यालिब्रेसन फ्लाइट गर्छु भनेर भने । उनले बोलेको भोलिपल्टै ल्याउन कसरी सम्भव हुन्छ ? त्यसका त तीनवटा प्रक्रिया छन् । पहिलो नम्बरमा क्यालिब्रेसन आउनका लागि त्यो विमानस्थलमा तयारी हुनुपर्छ,’ उदाहरण पस्किँदै उनले भने, ‘दोस्रो, क्यालिब्रेसन गर्ने निकाय पनि तयारी अवस्थामा हुनुपर्यो । तेस्रो भनेको क्यालिब्रेसन गरिसकेपछि त्यहाँ टेस्ट फ्लाइट गर्नका लागि सबै पूर्वाधार तयारी अवस्थामा हुनुपर्छ ।’  यहाँ त बोल्नेबित्तिकै हाइ–हाइ हुने प्रवृत्ति देख्दा उनी अहिले दिक्क भएका छन् । ‘उनले १५ दिनभित्र पूरा गर्छु भनेर बोलेको नै अहिले तीन महिना भयो,’ उनले भने, ‘आफू चर्चा कमाउन कति सहजै हावादारी तथ्यमा भाषण गर्छन् भन्ने यहीँबाट थाहा हुन्छ ।’ सार्वजनिक कार्यक्रम होस् या कुनै पनि कामको थालनी, आले आक्रामक शैलीमा प्रस्तुत हुन्छन् । सामाजिक सञ्जालमा कतिले आलेको आक्रामकशैलीलाई ‘वाह !’ भन्दै ताली दिइरहेका छन् भने उनी मातहतका कर्मचारी भने थर्कमान र आक्रोशित पाइन्छन् । मन्त्रालय मातहतकै अर्को विभागका एक कर्मचारी पनि उस्तै गुनासो पोख्छन् । मन्त्री आलेको रिसाहा प्रवृत्तिबारे थर्कमान उनी कुनैदिन ‘मन्त्रीले कर्मचारी कुटे’ भन्ने समाचार आएमा आश्चर्य नहुने बताउँछन् । अहिलेसम्म काम गरेका मन्त्रीमध्ये आलेसँग काम गर्न निकै नै अप्ठेरो भएको उनले दाबी गरे ।  नेपाल वायुसेवा निगममा त मन्त्री आले आएपछि महाप्रबन्धकको अधिकार नै कार्यकारी अध्यक्षलाई पुग्यो । कार्यकारी अधिकार युवराज अधिकारीले पाएपछि महाप्रबन्धक डिमप्रकाश पौडेल ‘सेतो हात्ती’मात्रै बनेका छन् ।  मन्त्री आलेले निर्देशन दिएपछि अहिले निगमका कर्मचारीहरू ग्राउण्डेड चिनियाँ जहाज उडाउन कम्मर कस्न थालेका छन् । ठीक एक वर्षअघि सञ्चालन गर्दा दुई अर्बभन्दा बढी घाटा ब्यहोरेको भन्दै निगमको सञ्चालक समितिले उक्त जहाज नउडाउने घोषणा गरेको थियो । अहिले पनि सञ्चालनमा ल्याउँदा मर्मत–सम्भार तथा अन्य व्यवस्थापनमा  मात्रै निगमलाई १६ करोडभन्दा बढी भार पर्नसक्ने प्रतिवेदन निगमले तयार पारेको छ ।  संयोग यस्तो प¥यो कि, उक्त जहाज खरिदको समयमा पर्यटन सचिवसमेत रहेका सुशील घिमिरे निगमका कार्यकारी अध्यक्ष हुँदा नै ती ६ थान जहाज नउडाउने घोषणा भए । चिनियाँ जहाजले व्यवसायिक फाइदा हुुँदैन भन्ने थाहा हुँदा–हुँदै पनि जहाज खरिद किन भयो ? ल्याएको ६ वर्ष पनि राम्ररी उडान नगरी ब्राण्ड न्यू जहाज किन थन्किए ? भन्नेबारे अनुसन्धान हुनुपर्ने हो । तर, त्यसो भएन ।  मन्त्री आलेले ‘ती जहाज उडाउनु’ भन्ने आदेश दिनुअघि मात्रै निगम सञ्चालक समिति बोर्डको उक्त निर्णयलाई तालुक निकाय पर्यटन मन्त्रालयले सदर गरिसकेको थियो । त्यहाँबाट सदर भएर पनि अर्थ मन्त्रालयले ती जहाज व्यवस्थापनका लागि विकल्प दिइसकेको अवस्था थियो । अर्थको सुझाबसँगै ती जहाज बिक्री गर्ने या लिज प्रक्रियामा जानेबारे टुंगो लागिसकेको थियो ।  एउटा निर्णय भएर प्रक्रियामा गइसकेको विषयले मन्त्री आले आउनेबित्तिकै नाटकीय रूपमा फेरि ‘यू टर्न’ मा¥यो । निगमका एक अधिकारी भन्छन्, ‘इन्स्योरेन्स खर्च पनि नउठ्ने जहाज उडाएर फेरि के गर्ने ? एउटा मन्त्रीले गरेको निर्णय अर्कोले उल्ट्याउँछन् । अन्तिममा चटारो हामी कर्मचारीको टाउकोमा ।’ अहिले निगमका कर्मचारीलाई बिजनेस प्लान बनाउने अर्को चटारो थपिएको छ । मन्त्री आलेले १५ वटा जहाज खरिद गर्नका लागि भन्दै नयाँ ‘बिजनेस प्लान’ बनाउन निर्देशन दिएका छन् । एक वर्षअघिमात्रै डिमप्रकाश पौडेलले आफू महाप्रबन्धक भएर आएपछि ‘बिजनेस प्लान’ सार्वजनिक गरेका थिए ।  आन्तरिक र अन्तर्राष्ट्रियतर्फ नयाँ जहाज खरिददेखि निगमको गन्तव्य विस्तारसम्मको योजना समावेश भएको उक्त ‘बिजनेस प्लान’ कार्यान्वयनमा त गएन नै, नयाँ मन्त्री आएपछि फेरि अर्को ‘बिजनेस प्लान’ थप्नुपर्ने भार परेको ती अधिकारीले बताए ।  ‘एउटै प्रयोजनका लागि कति खटिनु ?,’ उनी प्रश्न गर्छन्, ‘पटक–पटक एउटै प्रयोजनका लागि बिजनेस प्लान बनाउने चटारोले नयाँ काम कहिले हुन्छ ?’ सम्बन्धित समाचार मातहतकै कर्मचारीको माग : मनी लन्ड्रिङ र डलर अपचलन गर्ने मन्त्री आलेमाथि नै छानबिन हुनुपर्छ आलेसँग कर्मचारी दिक्क : भन्छन्, ‘दिन गन्दै बसिरहेका छौँ’ नेपालमा गैंडाको संख्या बढेपछि मन्त्री आले खुसी संसदीय समितिमा मन्त्री आलेको अनुहार : सतही, मिडिया स्टन्ट रुचाउने  राजस्व छलेर भाग्न लागेका क्यासिनो सञ्चालकमाथि आलेको अंकुश वनमन्त्री आलेकाे अनुचित निर्णय : 'निकुञ्ज विभागले हटाउने' निर्णय गरेकाे राराकाे होटलको म्याद पाँच वर्ष थपे बतास प्रकरणमा सबै नेता मौन     

ताजा अपडेट

नेपालवाच विशेष