NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २६ गते

मालीका पूर्वराष्ट्रपति केइताको निधन

मालीका पूर्वराष्ट्रपति इब्राहिम बौबाकर केइताको आइतबार राजधानी बामाकोमा ७६ वर्षको उमेरमा निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ । सन् २०१३ देखि पश्चिम अफ्रिकी मुलुकको नेतृत्व गरेका केइताले सन् २०२० मा भएको विद्रोहपछि देश निकाला नगरिएसम्म मालीको राष्ट्रपतिका रूपमा नेतृत्व सम्हालेका थिए ।    ‘राष्ट्रपति इब्राहिम बौबाकर केइताको आज बिहान ग्रीनविच समय अनुसार ९ः०० बजे निधन भएको छ,’ परिवारका एक सदस्यले एएफपीलाई जानकारी गराए । उनको मृत्युको परिवारका अन्य धेरै सदस्यहरूले सामाजिक सञ्जाललगायत विभिन्न माध्यमबाट पुष्टि गरेका छन् ।  केइताको मृत्युको कारण भने बताइएको छैन । केइतालाई सन् २०२० मा दोस्रो पाँच वर्षे कार्यकालको दुई वर्ष नपुग्दै सेनाको सहयोगमा पदबाट हटाइएको थियो ।