जोकोविचलाई अस्ट्रेलियाले गर्यो देश निकाला

विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोविचलाई अस्ट्रेलिया सरकारले निष्कासन गरेको छ । सोमबार त्यहाँका सुरक्षा अधिकारीले उनलाई देशबाट बाहिर पठाइदिएका हुन् । स्वास्थ्य मापदण्ड पालना नगरी जोकोविच अस्ट्रेलिया प्रवेश गरेपछि त्यहाँको सरकारले उनको भिसा रद्द गरिदिएको थियो । त्यसविरुद्ध उनले त्यहाँको अदालतमा मुद्दा दायर गरेका थिए । आइतबार त्यहाँको अदालतले उनको विपक्षमा मुद्दा फैसला गरिदिएसँगै उनी देश निकालामा परेका हुन् । उनी अस्ट्रेलियन ओपन टेनिसको २१ औं ग्राण्डसलाम उपाधि निम्ति अस्ट्रेलिया आएका थिए । योसँगै उनको धोको पूरा नहुने भएको छ ।
प्रतिक्रिया