१०० दिने प्रगति सार्वजनिक गर्दै रामकुमारी झाँक्री

काठमाडौं । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले आज आफ्नो १०० दिने प्रगति सार्वजनिक गर्ने भएकी छन् । त्यसका लागि सोमबार मध्याह्न पत्रकार सम्मेलन आयोजना गरिएको उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले गत असोज २२ मा आफ्नो मन्त्रिपरिषद् विस्तार गरेका थिए । जसमा झाँक्री समेटिएकी थिइन् । पहिलो पटक मन्त्री भएकी झाँक्री अभिव्यक्तिका कारण चर्चामा छन् । केही समयअघि इञ्जिनियरको योग्यताबारे उनले उठाएको प्रश्न आलोचित बनेको थियो ।
प्रतिक्रिया