लिभरपुलले ब्रेन्टफोर्डलाई हरायो

काठमाडौं । ब्रेन्टफोर्ड आइतबार राति भएको खेलमा लिभरपुलसँग पराजित भएको छ । घरेलु मैदानमा भएको खेलमा लिभुरपुलले ब्रेन्डफोर्टलाई ३–० गोल अन्तरमा पराजित गरेको हो । लिभरपुलका लागि फाबिन्होले ४४ औं मिनेटमा पहिलो गोल गर्दै अग्रता दिलाएका थिए । त्यसपछि ६९ औं र ७७ औं मिनेटमा ओक्सलेड चेम्बरलेन र मिनामिनोले गोल गरेर फराकिलो अन्तरमा जित निकाल्न सहयोग गरे । योसँगै २१ खेलबाट ४५ अंक बटुल्न लिभरपुल सफल भएको छ भने ब्रेन्टफर्डले २३ अंक हासिल गरेको छ ।
प्रतिक्रिया