औषधि व्यवस्था विभागमा दुई महानिर्देशक !

काठमाडौं । महानिर्देशकको विषयलाई लिएर औषधि व्यवस्था विभागमा विवाद भएको छ । आइतबार दुई जना महानिर्देशकले हाजिर गरेका छन् । यसअघिका महानिर्देशक नारायण ढकालव र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भर्खर महानिर्देशक पदमा नियुक्त भरत भट्टराई दुवैले हाजिर गरेका छन् । महानिर्देशकको रूपमा हाजिर गरे पनि महानिर्देशकको कुर्सी ढकालले नछाडेको भट्टराईको आरोप छ । नारायण ढकालले आफूलाई महानिर्देशकबाट हटेको कुनै पत्र नआएको जानकारी दिँदै कानूनी रूपमा आफू अडिग रहेको बताए । तर भट्टराई पत्र लिएर जाँदा पनि ढकालले कुर्सी नछाडेको दाबी गर्छन् । स्वास्थ्य मन्त्रालयले गत पुस २५ मा मन्त्रीस्थतरीय निर्णय लिँदै विभागको महानिर्देशकमा राष्ट्रिय प्रगोगशालाका भट्टराईलाई पठाएको थियो भने ढकाललाई प्रयोगशालामा सरुवा गरेको थियो,गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया