NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

२९ वटा बच्चा जन्माएको बाघ ‘कलरवाली’काे मृत्यु, मान्छेलाई जसरी नै अन्तिम संस्कार 

काठमाडौं । भारतको मध्य प्रदेशमा २९ वटा बच्चा जन्माएको बाघ ‘कलरवाली’ को मृत्यु भएको छ । मृत्युपछि बाघको अन्तिम सस्ंकार मान्छेलाई जसरी नै गरिएको छ ।  टी–१५ नामले चिनिने उक्त बाघले ११ वर्षको अवधिमा  २९ वटा बच्चा जन्माएको थियो । १७ वर्षीया बाघले आफ्नो जीवनकालमा २९ वटा बच्चा जन्म दिएर ‘सुपरमम’ को उपाधी समेत पाएको थियो । बाघले सन् २००८ देखि २०१८ को बीचमा एघार वर्षको अवधिमा ८ पटकमा २९ वटा बच्चा जन्माएको हो । ‘कलरवाली’ को मृत्यु पछि स्थानीयहरू बाघको अन्त्येष्टिमा सहभागी भएको तस्विर यतिबेला सामाजिक संजालमा भाइरल भएको छ ।  ‘कलरवाली’ को अन्तिम संस्कारमा केहीले उसलाई माला लगाइदिए भने कोही हात जोडेर अन्तिम श्रद्धाञ्जली दिएको फोटो सामाजिक संजालमा राखेका छन् ।  ‘कलरवाली’ लाई भारतको मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले पनि श्रद्धाञ्जली दिएका छन् । उक्त बाघलाई मार्च २००८ र २०१० मा दुई पटक रेडियो–कलर गरिएको थियो । पछि स्थानियले पनि उसलाई मायाले ‘कलरवाली’ नाम दिएका हुन् ।  विज्ञहरुका अनुसार बाघको औसत उमेर करिब १२ वर्ष हुन्छ । बाघ भारतको राष्ट्रिय जनावार समेत हो । 

ताजा अपडेट

नेपालवाच विशेष