NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

एसियाली पावर हाउस साउदी अरेबियासँग मैत्रीपूर्ण खेल खेल्ने अवसरनजिक नेपाल

काठमाडौं ।  फुटबल विकासका लागि भन्दै अखिल नेपाल फुटबल संघ (एन्फा) र साउदी अरेबियन फुटबल फेडेरेसन (साफ)बीच सम्झौता भएको छ । एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा र साफका अध्यक्ष यासेर अलमिसेहालबीच आइतबार साउदी अरबेसियामा सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।  दुवै देशले फुटबल गतिविधिका लागि एक अर्कालाई आथित्यता प्रदान गर्ने सम्झौता भएको एन्फाले जनाएको छ । साथै, फुटबल संघका प्रतिनिधिले एक–अर्काको देशको भ्रमण गर्ने सम्झौतामा उल्लेख छ ।  यस्तै दुई टोलीबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलसमेत गर्ने सम्झौता भएको छ । साथै, विभिन्न उमेर समूहका लागि ट्रेनिङ क्याम्प समावेश हुने गरिने बताइएको छ । साथै, एन्फा र साफबीच रेफ्री विकाससम्बन्धी कार्यक्रमहरू आदानप्रदान हुने भएको छ । साउदी अरेबियाको राष्ट्रिय टोली नेपालभन्दा धेरै माथि छ । उ विश्वकप पनि खेलिरहेको टिम हो । एसियाली पावरहाउस पनि हो । यसर्थ, साउदी अरेबियासँग नेपालले मैत्रीपूर्ण खेल खेल्न पाएमा पनि त्यो फलदायी हुने फुटबल विश्लेषकहरू बताइरहेका छन् ।    

ताजा अपडेट

नेपालवाच विशेष