NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

कैलालीमा पूर्व–पश्चिम राजमार्ग बिहानदेखि अवरुद्ध, केहीबेरमै खुल्ने प्रहरीको दाबी

काठमाडौं । कैलालीमा मोटरसाइकलको ठक्करबाट एकजना महिलाको मृत्यु भएको घटनालाई अहिले कैलालीमा पूर्व-पश्चिम राजमार्ग अवरुद्ध छ ।  पूर्वपश्चिम राजमार्गअन्तरगत लम्कीचुहा नगरपालिका–४ को बलियामा से६प ८७८६ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा सोही ठाउँकी ५५ वर्षीय मनसरा न्यौपानेको मृत्यु भएको थियो । ठक्करबाट घाइते ती महिलाको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो । त्यसैको विरोधस्वरुप स्थानीयले राजमार्ग अवरुद्ध गरिहेका छन् । उनीहरूले बिहानैदेखि लम्कीचुहा नगरपालिका–४ मा पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन् । यसैबीच, मोटरसाइकल चालकलाई कारबाहीको दायरामा ल्याउनुुपर्ने र पीडित परिवारलाई उचित क्षतिपूूर्तिको व्यवस्था गर्नुपर्ने माग राख्दै उनीहरूले राजमार्ग अवरुद्ध पारेका हुन् । यसको असरस्वरुप राजमार्गमा अहिले सवारीसाधन सञ्चालन हुन सकेका छैनन् । स्थानीयले टायर बालेर राजमार्गमा प्रर्दशन पनि गरिरहेका छन् । यसैबीच, कैलालीका एसपी विश्व अधिकारीले पीडित पक्ष र मोटरसाइकल चालकबीच सहमति भएको नेपालवाचलाई जानकारी दिएका छन् ।  ‘पीडित पक्षलाई उचित क्षतिपूर्ति दिने सहमति भएको छ । अबको केहीबेरमै राजमार्ग खुल्छ’, उनले भने ।   

ताजा अपडेट

नेपालवाच विशेष