NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

देउवा र प्रचण्डबीच भेटवार्ता : बोलाइयो समन्वय समितिको बैठक

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवालाई भेट्न प्रचण्ड आज बिहान बालुवाटार गएका थिए ।  दुई नेताबीच प्रधानमन्त्री देउवा र प्रचण्डबीच स्थानीय तह निर्वाचनलगायत विषयमा कुराकानी भएको बालुवाटारनिकट स्रोतले जनाएको छ ।  स्थानीय तहको चुनावबारे छलफल गर्न राजनीतिक समन्वय समितिको बैठक बोलाउने सहमति भएको हो । समन्वय समितिको बैठक मंगलबारका लागि बोलाइएको हो ।  समन्वय समितिमा सत्तागठबन्धनका पाँच दल सामेल छन् । जहाँ ११ जना सदस्य रहेका छन् ।  निर्वाचन आयोगले यसअघि नै स्थानीय तहको निर्वाचन गर्न सिफारिस गरिसकेको छ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)लगायतले पनि मिति घोषणा गर्न माग गरिरहेका छन् । तर, सरकारले भने मिति घोषणा गर्न गरेको छैन ।  

ताजा अपडेट

नेपालवाच विशेष