NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

प्रदेश २ को राजधानी जनकपुरधामका लागि मतदान सुरु

काठमाडौं । प्रदेशसभामा प्रतिनिधित्व गरेका दलहरूले संयुक्त रुपमा प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम प्रस्ताव गरेका छन् । यसै प्रस्तावलाई लिएर अहिले प्रदेशसभामा मतदान सुरु भएको छ । सोमबार बसेको प्रदेशसभा बैठकले जनकपुरधामलाई संयुक्त रुपमा राजधानीको प्रस्ताव पेश गरेको थियो । हाल प्रदेशसभामा १०४ जना सदस्य छन् । स्थायी राजधानीका लागि दुई तिहाई मतको अवश्यक पर्छ । यसर्थ बहुमत जुटाउन  ७० मतको आवश्यकता पर्छ ।  यसैबीच, सभामुख सरोजकुमार यादवले प्रदेशसभा कक्षको छेउमा रहेको भवनमा मतदान गर्न सदस्यहरूलाई आग्रह गरेका छन् । जनकपुरधाम राजधानी प्रस्ताव गरेकोमा वीरगञ्जवासीले भने विरोध गरिहेका छन् । वीरगञ्जलाई राजधानी बनाउनुपर्ने उनीहरूको माग छ ।   

ताजा अपडेट

नेपालवाच विशेष