उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक जारी

काठमाडौं । उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजेबाट बैठक सुरु भएको हो । बैठकमा राष्ट्रिय सभा चुनावबारे छलफल भइरहेको बताइएको छ । राष्ट्रिय सभा निर्वाचन यही माघ १२ मा हुँदैछ । जसमा सत्ता साझेदार दल गठबन्धन बनाएर भिड्दै छन् । त्यसैगरी, स्थानीय तह निर्वाचन, एमालेले संसदमा पुर्याउँदै आएको अवरोध, कोरोना महामारीलगायत विषयमा पनि छलफल हुने नेताहरूले बताएका छन् । सरकार सञ्चालनमा सहजीकरण निम्ति समिति गठन गरिएको हो । जसको संयोजक कांग्रेस नेता रामचन्द्र पौडेल छन् । अन्य दलका शीर्ष नेता सदस्य छन् ।
प्रतिक्रिया