NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

बेसहारा चार बालबालिकाको अभिभावक बन्दै नेता चौधरी

दाङ । प्रतिनिधिसभा सदस्य मेटमणि चौधरीले बेसहारा चार बालबालिकाको अभिभावकत्व ग्रहण गरेका छन् । पार्टी अध्यक्ष माधवकुमार नेपालको निर्देशनमा बुबाआमाको मृत्युपछि बेसहारा बनेका दाङ घोराही –१९ सैघा– तिर्साङ निवासी बालबालिकाको घरमै पुगेर उनीहरुको शिक्षालगायत लालनपालनको व्यवस्था गर्ने गरी जिम्मा लिएको सांसद चौधरीको सचिवालयले जनाएको छ । उनीहरुको शिक्षा र आवासको व्यवस्थापन प्रक्रिया सुरु भएको र आफ्नो  पार्टी  पनि गरिब दुःखीको पक्षमा क्रियाशील रहेकाले देशभरका बेसहारा, दुखी र गरिब वर्गको व्यवस्थापनमा आफूहरू लागेको उनले बताए । पार्टीको पोलिटब्यूरो सदस्य एवं लुम्बिनी प्रदेश अध्यक्षसमेत रहेका चौधरीले आगामी दिनमा देशका अन्य बेसाहारा बालबालिका तथा गरिब वर्गको पक्षमा काम गर्ने पनि बताएका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष