NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

फोहर खाँदा श्रीलंकामा आठ वर्षमा २० हात्तीको मृत्यु 

एजेन्सी । पूर्वी श्रीलंकाको खुला ल्यान्डफिलमा रहेको प्लाष्टिकको फोहरले हात्तीको ज्यान लिइरहेको छ । त्यस ठाउँमा थप दुईवटा हात्ती मृत फेला परेपछि संरक्षणवादी र पशु चिकित्सकहरूले चेतावनी दिएका छन् । राजधानी कोलम्बोबाट करिब १३० माइल (२१० किलोमिटर) पूर्वस्थित अम्पारा जिल्लाको पल्लक्काडु गाउँमा रहेको फोहर प्लास्टिक खाँदा विगत आठ वर्षमा करिब २० हात्तीको मृत्यु भएको द गार्जियनले जनाएको छ । वन्यजन्तु पशुचिकित्सक निहाल पुष्पकुमाराका अनुसार मरेका जनावरहरूको परीक्षण गर्दा उनीहरूले ठूलो मात्रामा नकुहिने प्लाष्टिक निलेको देखिएकाे थियाे । ‘पोलिथिन, खाना, प्लास्टिक, अन्य पचाउन नसक्ने चिजहरू र पानी मात्र हात्तीको पेटमा थियो । हात्तीले खाने र पच्ने सामान्य खानेकुरा हात्तीको पेटमा प्रस्ट देखिँदैन,’ उनले भने । श्रीलंकामा हात्तीहरू सम्मानित र लोपोन्मुख छन् । श्रीलंकामा सन् २०११ मा लगभग १४ हजार हात्ती थियो भने अहिले हात्तीको संख्या घटेर ६ हजारमा सिमित भएको छ । 

ताजा अपडेट

नेपालवाच विशेष