NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम पारित

काठमाडौं । प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम पारित भएको छ । आज प्रदेशसभाको मतदानबाट जनकपुरधाम राजधानी पारित भएको हो ।  प्रदेशसभामा प्रतिनिधित्व गरेका दलहरूले संयुक्त रुपमा प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम प्रस्ताव गरेका थिए । यसै प्रस्तावलाई लिएर आज प्रदेशसभामा मतदान भएको हो । सोमबार बसेको प्रदेशसभा बैठकले जनकपुरधामलाई संयुक्त रुपमा राजधानीको प्रस्ताव पेश गरेको थियो । हाल प्रदेशसभामा १०४ जना सदस्य छन् । जसमध्ये मतदानमा ९९ जना सहभागी भए । पक्षमा ७८ मत आएको थियो । प्रदेशसभामा आज भएको मतदानमा सभामुख सरोजकुमार यादवले प्रदेशको स्थायी राजधानी जनकपुरधाम (उत्तरमा धनुषा जिल्लाको ढल्केवर र पूर्व पश्चिम राजमार्ग, पूर्वमा कमला नदी, दक्षिणमा नेपालको सिमाना र पश्चिममा मिथिला माध्यमिक परिक्रमा) दुई तिहाइबाट पारित गरिएको भन्दै अन्य प्रस्ताव निष्क्रिय भएको घोषणा गरे । अर्को बैठक एक घण्टापछि बोलाइएको छ । 

ताजा अपडेट

नेपालवाच विशेष