NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

ललितपुर महानगरले बनायो १२० बेडको आइसोलेसन, काठमाडौंको छैन तयारी 

काठमाडौं । पछिल्लोसमय कोरोना भाइरसको सङ्क्रमण बढ्दो छ । आइतबार मात्रै देशभर चार हजार ५३४ जना नयाँ कोरोना सङ्क्रमित थपिए । आइतबार जम्मा ४३५ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् ।  देशको सहरी क्षेत्रमा कोरोनाको सङ्क्रमण दर बढ्दो छ । आइतबारको तथ्याङ्कअनुसार बाग्मती प्रदेशमा मात्रै तीन हजार ६०८ जना कोरोना सङ्क्रमित छन् । काठमाडौं र ललितपुर जिल्लामा कोरोनाको संक्रमण दर उच्च छ । तर यहाँको सबैभन्दा ठूलो महानगर काठमाडौं महानगरपालिकाको कोरोना सङ्क्रमितका लागि तयारी भने शून्य अवस्थामा रहेको देखिन्छ ।  कोरोनाको पहिलो र दोस्रो लहरमा बनाएका संरचना पनि अहिले छैनन् । त्यसैले कोरोनाको भयावह अवस्था आउँदा बिरामीका लागि आइसोलेसन छैन । कोरोनाका कारण रोजगारी गुमाउनेहरूको व्यवस्थापनको गर्नेबारे पनि कुनै योजना छैन ।   ललितपुर महानगरपालिका भने काठमाडौंभन्दा केही अगाडि देखिएको छ । १२० बेडको आइसोलेसन तयारी अवस्थामा रहेको महानगरका प्रवक्ता राजु महर्जनले जानकारी दिए । महानगरले बनाएको उक्त आइसोलेसनमा पहिले  १२–१३ जना भएको महर्जनले जानकारी छ । यसका अलावा महानगरले कोरोना विरुद्धको खोप लगाउनकै लागि समन्वयकारी भूमिका खेलिरहेको उनी बताउँछन् ।  ‘हामीले बागडोलस्थित ज्यापु समाजको ज्येष्ठ नागरिक आश्रममा १२० बेडको आइसोलेसन बनाएका छौ’ उनले भने ‘पहिले हामीले दुई ठाउँमा आइसोलेसन बनाएका थियौ’, उनले भने, ‘त्यो बेला पनि मान्छे आइसोलेसनमा भरिएका थिएन । त्यसैले अहिले एउटा मात्रै आइसोलेसन सञ्चालनमा छ ।’ कोरोना संक्रमितको संख्या धेरै रहेको काठमाडौँ महानगर भने तयारी शून्यको अवस्थामा रहेको पाइएको छ । महानगरका स्वास्थ्य विभाग प्रमुख हरि कुँवरका अनुसार अहिले महानगरले कुनै पनि आइसोलेसन सुरु गरेको छैन ।  ‘महानगरले कोरोना अस्पतालमा बिरामीको चाप बढ्यो भने सघाउ पु¥याउने काम गर्छ’, उनले भने, ‘तर अहिले त्यो अवस्था आएको छैन ।’ पहिलेका केही आइसोलेसन फेरी सञ्चालन गर्न सकिने उनी बताउँछन् ।  कोरोनाले कस्तो अवस्था ल्याउन सक्छ सोहीअनुसार तयारी सुरु गर्ने कुँवरको भनाइ छ ।  ‘महानगरकै केही कर्मचारी र जनप्रतिनिधिलाई कोरोना सङ्क्रमण भएको छ । तर भ्याक्सिनको कारण अस्पताल नै जानु पर्ने अवस्था देखिएको छैन’, उनले भने ।  

ताजा अपडेट

नेपालवाच विशेष