NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

सिंहदरबारमा सल्कियो कोरोना : दुई मन्त्री र पाँच सचिवलाई संक्रमण पुष्टि

काठमाडौं । पछिल्ला दिनहरूमा कोरोना भाइरस (कोभिड १९) संक्रमण दर ह्वात्तै बढेको छ । देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारमा पनि ठूलो संख्यामा कर्मचारीलाई कोभिड संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेको संख्या हरेक दिन बढ्दै गएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता महादेव पन्थले बताए ।  प्रधानमन्त्री कार्यालयका अनुसार अहिलेसम्म पाँचजना सचिवमा संक्रमण पुष्टि भएको छ । थप तीन सचिव कन्ट्याक ट्रेसिङमा परेका छन् । यस्तै दुई मन्त्रीमा पनि संक्रमण पुष्टि भएको छ ।  शिक्षामन्त्री देवेन्द्र पौडेल र पर्यटनमन्त्री प्रेम आलेलाई संक्रमण पुष्टि भएको हो । दुवै मन्त्री आइसोलेसनमा बसेका छन् ।  यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका मात्रै तीन जना सचिवका संक्रमण पुष्टि भएको छ । मन्त्रिपरिषद् कार्यालयका सचिवहरू रामप्रसाद थपलिया, शिशिर ढुंगाना र कृष्ण राउतमा संक्रमण पुष्टि भएको हो ।  सिंहदरबारभित्रका कार्यालयमध्ये प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अधिकांश कर्मचारी संक्रमित भइरहेका छन् । प्रधानमन्त्री कार्यालयको ४० जना कर्मचारीमा संक्रमण पुष्टि भइसकेको छ । त्यसमध्ये तीनजना सचिव पनि संक्रमित भएका हुन् । यस्तै वाणिज्य सचिव डा. दिनेश भट्टराईलाई पनि संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा भौतिक पूर्वाधार मन्त्रालयका सचिव पनि हुन् । सचिव रवीन्द्र श्रेष्ठ पनि संक्रमित भएर आइसोलेसनमा बसेको मुख्य सचिवको सचिवालयले जनाएको छ ।  दुई सचिव कन्ट्याक ट्रेसिङमा  कोभिड संक्रमण बढ्दै जाँदा थप दुई सचिव कन्ट्याक ट्रेसिङमा परेका छन् । कन्ट्याक ट्रेसिङमा परेर आइसोलेसनमा बस्नेमा शिक्षा सचिव यादव कोइराला र पर्यटन मन्त्रालयका सचिव महेश्वर न्यौपाने छन् ।  

ताजा अपडेट

नेपालवाच विशेष