NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

पशुपति धर्माशालामा बतासको व्यापार : यस्ता छन् छानबिन समितिका चार सुझाव

काठमाडौं । पशुपति धर्मशाला छानविन समितिले बतास समुह र पशुपति क्षेत्र विकास कोषवीच भएको सम्झौता खारेज गर्न सिफारिश गरेको छ ।   समितिले धर्मशालामा बतास समूहले होटल संचालन गर्ने गरी भएको सम्झौता प्रक्रिया विपरित भएको निष्कर्ष निकाल्दै खारेज गर्न सुझाएको हो । यस्तो छ प्रतिवेदनको निष्कर्षका मुख्य अंश १) नेपाल भारत मैत्री पशुपति धर्मशाला लिजमा दिने सम्झौता अधिकार प्राप्त निकायको स्वीकृतिबिना गरिएको देखियो ।  २) वोलपत्रको आह्वान गर्दा प्रतिस्पर्धालाई सीमित गर्न कुनै फर्मलाई मात्र दिन मिल्ने गर्ने गरी बोलपत्रमा मापदण्ड निर्धारण भएको देखिंदा मिलेमतोभएको हुन सक्ने देखिएको।  ३) कोष र होटल आनन्द प्रा.लि बीच धर्मशाला भाडामा दिदा र सम्झौताका शर्तहरु निर्धारण गर्दा कानुन बमोजिम पदीय दायित्व निर्वाह नगरी कोषलाई हानी नोक्सानी पूाउने कर्मचारीलाई र अनाधिकृत सम्झौता कानुन सम्मत भनी छापा तथा विद्युतीय माध्यममा प्रभाह गर्ने तत्कालिन पदाधिकारी समेतलाई कारवाही गर्नु पर्ने देखिएको।  ४) धर्मशाला निर्माण गर्दा र सम्झौता भए बमोजिम बेडको संख्या र दररेट फरक पारेको, कोषलाई बुझाउनु पर्ने करिव एक वर्षको भाडा नबुझाएको, धर्मशालामा विभिन्न अफिसहरु राखेको, कोषको स्वीकृति बेगर धर्मशालाको भित्री भौतिक संरचना र बाहिरी खाली भागमा विभिन्न संरचनाहरु निर्माण गर्ने जस्ता कार्यहरु गरी सम्झौताको उल्लंघन गरी शर्तहरु पालना नगरेकोले कानुन बमोजिम सम्झौता भङ्ग गर्नु पर्छ ।  

ताजा अपडेट

नेपालवाच विशेष