एनआरएनए टोली सुदूरपश्चिममा, मोबाइल ब्लड बस हस्तान्तरण गर्ने

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष कुमार पन्तसहितको एक टोली यतिबेला कैलालीको धनगढीमा छ । सुदूरपश्चिम पश्चिम प्रदेशलाई लक्षित गरेर संघले धनगढीस्थित रेडक्रसलाई मोबाइल बस हस्तान्तरण गर्ने कार्यक्रम छ । अध्यक्ष पन्तसहित पूर्वअध्यक्ष जिवा लामिछाने, उपाध्यक्ष डा. बद्रि केसी, महासचिव डा. हेमराज शर्मा, प्रवक्ता डिबी क्षेत्री, सल्लाहकार कुल आचार्य, मानार्थ सदस्य धर्मराज अधिकारी, शनिकुमार ओलीलगायतको टोली बस हस्तान्तरणको लागि धनगढी पुगेको हो । टोलीमा अधिवक्ता लिलामणि पौडेलसमेत सहभागी छन् । सोही क्रममा टोलीले सुदूरपश्चिम प्रदेशका अर्थमन्त्री तारा लामा तामाङसँग भेट गरेको छ ।
प्रतिक्रिया