NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २६ गते

नेपाल तराई समाज दक्षिण कोरियाको पहिलो अधिवेशन सम्पन्न

विशाल श्रेष्ठ(दक्षिण कोरिया) – प्रवासमा सामाजिक  सेवा, परोपकार र लगानि क्षेत्रमा हाम्रो अभियान, बिबिधतामा एकता हाम्रो पहिचान” नारा सहित नेपाल तराई समाज दक्षिण कोरियाको पहिलो अधिवेशन सम्पन्न भएको छ ।  तराई समाज दक्षिण कोरियाको पहिलो अधिवेशन कोरोनाको महामारी लाइ मध्यनजर गर्दै भर्चुअल माध्यम  जुम बाट र प्रत्यक्ष उपस्थित फेन्थेकमा गराएर सम्पन्न भएको हाे । अधिवेशनबाट समाजको अध्यक्षमा अवदेश चौरासिया र महासचिव मा हेम पाठकलाई  सर्वसम्मत चयन गरेको छ । मनोज गौतमको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा यज्ञराज सुवेदी प्रमुख अतिथि तथा सन्तोष खड्का बिशेष अतिथि थिए । अधिवेशनबाट  जित कुवर, सन्जोग चौहान उपाध्यक्ष मा र अङ्किता दुलाल महिला उपाध्यक्षमा चयन गरेको छ।  युवा संयोजकमा लोकराज पाण्डे सचिवमा प्रमोद दास सह सचिवमा मुकेश कुशबाहा कोषाध्यक्षमा अजय कुशवाहा सह कोषाध्यक्षमा अर्जुन रामलाई चुनिएको छ । यसैगरी सदस्यहरुमा रन्जन शाह, आशिष खान,अब्दुल खान ,मोहन सिंह, रमेश सहनि,बादल स्वार्नाकार,महानन्द मेहता रहेको छ। बिजय चौधरी संरक्षक रहेको कमिटिमा यज्ञ सुवेदी प्रमुख सल्लाहकार तथा मनोज गौतम, सन्तोष खड्का, लक्ष्मण दाहाल र डा.जोहनि बजगाईं सल्लाहकारमा रहेको छ।  नवनिर्वाचित कार्यसमिति पदाधिकारी हरुलाइ बधाई तथा शुभकामना दिदै प्रवासमा रहेर सामाजिक सेवा परोपकार र लगानि  गर्न हातेमालो गर्न सुझाव दिए।