NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

योगेशको पक्ष लिँदै नवीनाले भनिन्, ‘चुरीफुरी गर्ने र जिस्किने सिद्धिनेछन्’

काठमाडौं । पछिल्लो समय पूर्वसंस्कृति, पर्यटन तथा नागरीक उड्डयनमन्त्री योगेश भट्टराई र बहालवाला मन्त्री प्रेम आले एक –अर्काविरुद्ध उत्रिएको अवस्था छ ।  बतास समूहले नारायणहिटी संग्रहलयमा रेस्टुरेन्ट (क्याफेटेरिया) सञ्चालन गर्ने, पशुपतिस्थित धर्मशाला पनि सोही समूहलाई सस्तो मूल्यमा भाडामा दिने प्रकरणमा पूर्वमन्त्री भट्टराई मुछिएका छन् । भट्टराई पर्यटनमन्त्री भएको बेला भाडामा दिएको नारायणहिटीको रेस्टुरेन्ट मन्त्री आलेले भत्काइदिएपछि उनीहरूको बीच विवाद चर्किएको हो । अहिले अधिकांश मिडियाले नाराहिटी र धर्मशाला प्रकरण र पूर्वमन्त्री भट्टराईलाई प्राथमिकतामा राखेर समाचार बनाइरहेका छन् । सामाजिक सञ्जालमा पनि उनको आलोचना गर्ने धेरै छन् ।  यसै सन्दर्भमा नेकपा (एमाले)की सासद नवीना लामाले योगेश भट्टराईको बचाउ गरेकी छिन् । सामाजिक सञ्जालमार्फत उनले भट्टराईमाथि आरोप लगाउन छुट नभएको बताएकी छिन् । ‘सही के हो ? गलत के हो ? बाहिर ल्याउने पो पत्रकारिता  हो ? हाम्रो नेतामाथि यसरी आरोप लगाउन कुनै माइकलाललाई छुट छैन ’, उनले फेसबुकमा लेखेकी छिन् ।  सो अवसरमा लामाले नेता भट्टराईसँग इतिहासको विरासत भएको दाबी गरेकी छिन् । उनले भट्राईविरुद्ध चुरीफुरी गर्ने र जिस्किनेहरू सिद्धिने दाबी गरेकी छिन् ।   ‘क्षमता, अनुभव, सही भिजन छ । चुरीफुरी गर्ने गरेर जिस्किने तिमीहरू सुकेर अन्त्य भएर जाने हो, होसियार भएको राम्रो हुनेछ’, उनले लेखेकी छिन् । यस्तो छ लामाको अभिव्यक्ति  सही के हो ? गलत के हो ? बाहिर ल्याउने पो पत्रकारिता  हो ? हाम्रो नेतामाथि यसरी आरोप लगाउन कुनै माइकलाललाई छुट छैन । माननीय योगेश भटराईसँग इतिहासको विरासत छ । क्षमता, अनुभव, सही भिजन छ । चुरीफुरी  गर्ने गरेर जिस्किने तिमीरू सुकेर अन्त्य भएर जाने हो, होसियार भएको राम्रो हुनेछ ।

ताजा अपडेट

नेपालवाच विशेष