NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

प्रदेशसभाको निर्णयले ‘मधेस’मा कतै खुशीयाली, कतै विरोध  

काठमाडौं । प्रदेश २ को नाम र राजधानी टुंगो लागेको छ । प्रदेशसभाले आज नाम मधेस र राजधानी जनकपुरधाम टुंगो लगाएको हो । प्रदेशको नाम र राजधानी प्रदेशसभाबाट बहुमतले पारित भएपछि त्यहाँ दुई किसिमका प्रतिक्रिया आएका छन् । प्रदेशवासी पक्ष–विपक्षमा देखिएका छन् । प्रदेशको राजधानी वीरगञ्ज हुनुपर्ने मागसहित आइतबार केही युवाले वीरगञ्जस्थित मुख्यमन्त्रीको घर घेराउसमेत गरका थिए । आज पनि वीरगञ्जमा विरोध प्रदर्शन भइरहेको छ ।  यस विषयलाई लिएर सामाजिक सञ्जालसमेत तातिरहेको छ । रामनरेश यादवले वीरगञ्ज राजधानी हुन नसकेको आधार पेश गर्न नेताहरूलाई चुनौती नै दिएका छन् ।  ‘वीरगञ्ज किन राजधानी हुन सक्दैन थियो भन्ने कुरा जनतालाई प्रष्ट पार्नुस् । अब प्रदेशको नाम ‘मध्य मधेश’ राख्न पहल गर्नुस, नत्र पूरै मधेस आन्दोलन जनकपुर र मिथिलाको लागि मात्र भएको भन्ने हुन्छ । जुन जनतालाई मान्य हुनेछैन ।’ अर्कोतिर, नाम मधेस र राजधानी जनकपुरधाम टुंगिएको खुशीयालीमा प्रदेश सरकारले एकदिन अर्थात मंगलबार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।  प्रदेशसभा र सरकारको निर्णयलाई स्वागत गर्ने जनता पनि उत्तिकै छन् ।  विवेक शर्माले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रदेश २ को नाम मधेस र स्थायी राजधानी जनकपुरधाम भएको छ । ढिलो भए पनि बधाई छ ।’  

ताजा अपडेट

नेपालवाच विशेष