रामेछापमा बस दुर्घटना

पुष्कर खड्का , रामेछाप (नागरिक पत्रकार) । रामेछापको लिखु तामाकोसी गाउँपालिकामा यात्रुवाहक बस आपसमा ठोक्किएर दुर्घटना भएको छ । काठमाडौंबाट मन्थली हुँदै खिम्तीतर्फ जाँदै गरेको बा ४ ख ४३४७ नम्बरको यात्रुवाहक बस र रामेछापको बाम्तीभण्डारबाट काठमाडौंतर्फ जाँदै गरेको बा ४ ख ५६२७ नम्बरको यात्रुवाहक बस हल्देमा ठोक्किएका हुन् । दुई बस आपसमा ठोक्किए पनि मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय, रामेछापका प्रवक्ता श्रीशकंर श्रेष्ठले जानकारी दिए । दुई बसमा गरी ७० यात्रु सवार रहेकोमा केहीलाई सामान्य चोट लागेको छ । प्रहरीले दुईवटै बसका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया