मधेस प्रदेशमा आज सार्वजनिक बिदा

काठमाडौं । मधेस प्रदेशले आज सार्वजनिक बिदा दिएको छ । प्रदेशले नाम र राजधानी टुंगिएको खुसीयालीमा बिदा दिइएको हो । मधेस प्रदेश सरकारका प्रवक्ता तथा त्यहाँका अर्थमन्त्री शैलेन्द्र साहले प्रदेशको नाम र राजधानी टुंगो लागेको अवसरमा मंगलबार बिदा दिने निर्णय गरिएको जानकारी दिए । लामो समयदेखि नाम र राजधानीबारे अनिर्णित रहेकोमा मंगलबार त्यहाँको संसद्ले यसबारे निर्णय लिएको थियो ।
प्रतिक्रिया