NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

लेवान्डोस्कीको पोल्टामा फिफा बेस्ट अवार्ड 

काठमाडौं । फिफा बेस्ट अवार्ड–२०२१ को अवार्ड बायर्न म्युनिखका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीको पोल्टामा परेको छ । लियोनल मेसी र मोहम्मद सलाहलाई पछि पार्दै लेबान्डोस्कीले उक्त उपाधि जितेका हुन् ।  उनले फिफा बेस्ट अवार्डमाथि वर्चस्व जमाएको यो दोस्रो पटक हो । यसअघि सन् २०२० मा पनि प्रतिस्पर्धीलाई पाखा लगाएर उनले यो अवार्ड जितेका थिए ।  उनले पदक प्राप्त भएकोमा खुसी व्यक्त गर्दै टिमका सहयात्री र प्रशिक्षकलाई त्यसको श्रेय दिएका छन  ।  उता, क्रिष्टियानो रोनाल्डोले स्पेशल अवार्ड र एलेक्सियाले उत्कृष्ट महिला खेलाडीको उपाधि जितेकी छन् । चेल्सीका थोमस टुचेलले उत्कृष्ट प्रशिक्षकको अवार्ड हासिल गर्दा चेल्सीकै एडवार्ड मेन्डी उत्कृष्ट गोल रक्षक बने ।