NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

उच्चस्तरीय समन्वय समिति बैठक बस्दै, राष्ट्रिय सभा चुनाव मुख्य एजेन्डा

काठमाडौं । उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक आज बस्ने भएको छ । बैठक अहिले बिहान नौ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय छ ।  राष्ट्रिय सभा निर्वाचन बैठकको मुख्य एजेन्डा रहने बताइएको छ ।  राष्ट्रिय सभा निर्वाचन यही माघ १२ मा हुँदैछ । जसमा सत्ता साझेदार दल गठबन्धन बनाएर भिड्दै छन् ।  त्यसैगरी, स्थानीय तह निर्वाचन, एमालेले संसदमा पुर्याउँदै आएको अवरोध, कोरोना महामारीलगायत विषयमा पनि छलफल हुने नेताहरूले बताएका छन् ।  सरकार सञ्चालनमा सहजीकरण निम्ति समिति गठन गरिएको हो । जसको संयोजक कांग्रेस नेता रामचन्द्र पौडेल छन् । अन्य दलका शीर्ष नेता सदस्य छन् ।