NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

प्रकाशमानको खण्डन : सरकारमा सहभागी हुने कुरा भ्रामक 

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशनमान सिंह उपप्रधानमन्त्रीसहित सरकारमा सहभागी हुन लागेको भन्दै सार्वजनिक समाचारप्रति आपत्ति जनाएको छ ।  सिंहका सचिवालय सदस्य युपी लामिछानेले सिंह सरकारमा सहभागी हुने समाचार झुटो भएको बताएका छन् । लामिछानेले नेता सिंहको ध्यान केही जिल्लामा बाँकी रहेको अधिवेशन र तीन तहको निर्वाचन तयारीमा रहेको बताए ।  १४ औँ महाधिबेशनको दोस्रो चरणमा सभापतिका लागि देउवालाई समर्थन गरेको घटनालाई प्रकाशमान सिंहको सत्ताप्रतिको आकर्षणको रुपमा समेत ब्याख्या गरिएको थियो । त्यस लगत्तै देउवा सरकारले सिंहलाई उपप्रधानसहित गृह मन्त्रीमा नियुक्त गर्न लागेको समाचारहरु सार्वजनिक भइरहेका छन् । सिंहका स्वकीय सचिव युपी लामिछानेले उक्त समाचारमा सत्यता नभएको भन्दै खण्डन गरेका हुन् ।