NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

स्थानीय चुनाव वैशाखमै गर्ने सहमति

काठमाडौं । स्थानीय चुनाव २०७९ सालको वैशाखमै गर्ने सत्तारुढ गठबन्धनबीच सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजेबाट बैठक सुरु भएको बैठकले सो सहमति गरेको हो । केही प्राविधिक विषय मिलाउन अर्को बैठक बिहीबार बस्ने निर्णय भएको छ ।  राष्ट्रियसभाका एक तिहाइ सदस्यको निर्वाचन माघ १२ गते हँ'दैछ भने कानूनमा स्थानीय तहका पदाधिकारीको अवधि सकिनु अगावै निर्वाचन गर्नुपर्ने प्रावधान छ । सत्तारूढ गठबन्धन दलहरुले सरकार सञ्चालनमा सहयोग गर्न कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा उच्चस्तरीय समन्वय समिति गठन गरेका थिए ।   सम्बन्धित समाचार उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक जारी