NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

स्रोत नखुलेको नगद सहित  भारतीय नागरीक पक्राउ

काठमाडौं । स्रोत नखुलेको नगद सहित एक जना भारतीय नागरीक पक्राउ परेका छन् । उनलाई रौतहट, बौधीमाई नगरपालिका–७ बाट स्रोत नखुलेको नगद ३ लाख ६८ हजार ६ सय रुपैयाँ सहित प्रहरीले पक्राउ गरेको हो ।  पक्राउ पर्नेमा भारत बिहार मोतिहारी थाना घोडासहन बस्ने १९ वर्षीय यसराज जयसवाल हुन् । जयसवाललाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । उनलाई नेपालतर्फ आउदै गरेको बीआर ०५ एएन ६०८२ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी बंकुलबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त नगद सहित फेला पारी मोटरसाइकल चालक जयसवाललाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।