NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

साउदी नेतृत्वको सेनाद्धारा यमनको राजधानीमा हवाइ हमला, ६ हुथी विद्रोहीको मृत्यु

सिन्ह्वा । साउदी अरेबियाको नेतृत्वमा रहेको सेनाले सोमबार राति यमनकाे राजधानी सानामा हवाइ हमला गरेको छ । सो हमलामा परी ६ जना हुथी विद्रोही मारिएका छन् । यमनी सेनाका एक अधिकारीका अनुसार सोमबार राति भएको सो हमलामा परी अरु कैयौँ हुथी विद्रोही घाइते पनि भएका छन् । हुथीहरुको बाहुल्यता रहेको यमनको राजधानी सानामा साउदी अरेबियाको नेतृत्वमा रहेको सेनाले विगत लामो समयदेखि हवाइ हमला गर्दै आएको छ । सोमबारको सो आक्रमण पनि हुथीहरूलाई लक्ष्य गरेर गरिएको थियो । त्यस क्रममा उनीहरुका कैयौँ आश्रयस्थल भत्काइदिएको बताइएको छ ।