NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

फिफा विश्व ११ मा लेवान्डोस्की र मेसीसँगै को–को ?

काठमाडौं । फिफा बेस्ट अवार्ड–२०२१ को पुरुषतर्फको अवार्ड बायर्न म्युनिख तथा पोल्याण्डका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले जितेका छन् । लियोनल मेसी र मोहम्मद सलाहलाई पछि पार्दै लेबान्डोस्कीले उक्त उपाधि जितेका हुन् । यस्तै, फिफाले २०२१ मा विश्वका उत्कृष्ट ११ खेलाडी पनि छनोट गरेको छ । जसमा द बेस्ट अवार्ड जितेका लेवान्डोस्कीसँगै दोस्रो र तेस्रो भएका अर्जेन्टिना तथा पेरिस सेन्ट जर्मेन (पिएसजी)का फरवार्ड मेसी र इजिफ्ट तथा लिभरपुलका फरवार्ड सलाह पनि परेका छन् । सम्बन्धित समाचार लेवान्डोस्कीको पोल्टामा फिफा बेस्ट अवार्ड  यसैगरी, अन्य खेलाडीमा अर्लिङ हालाण्ड, क्रिस्टियानो रोनाल्डो, एन्गोलो कान्टे, जोर्गिन्हो, केभिन डे ब्रुने, रुबिन डियास, लियोनार्दो बुनुची, डेभिड अलाबा र गियोनलुइजी डोनारुम्मा छन् ।