NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

कोरोनाको लक्षण देखिए ललितपुरमा पाँचदिन अनिवार्य क्वारेन्टाइन, यस्तो छ निर्देशन

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले कोरोना भाइरसको लक्षण देखिए पाँचदिन क्वारेन्टाइनमा बस्न आग्रह गरेको छ ।  जिल्ला प्रशासन कार्यालयले आज एक आदेश जारी गर्दै पाचँदिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने जनाएको हो ।  ‘जुनसुकै सेवा वा क्षेत्रमा कार्यरत व्यक्तिमा कोरोनाको लक्षण देखिएमा अनिवार्य पाँचदिन क्वारेन्टाइनमा बस्नु पर्नेछ । र पाँच दिनपछि नेगेटिभ रिपोर्ट आएमा मात्र काममा फर्कन आउन सकिने छ’, आदेशमा भनिएको छ ।