NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

मामा गोविन्दाबारे कृष्णा : मैले जे सिकेको छु, उहाँबाट नै सिकेको छु

मुम्बई । बलिउड अभिनेता गोविन्दा र उनका भान्जा कृष्णा अभिषेकको बीचमा केही समयदेखि मनमुटाव चलिरहेको छ । पछिल्लो समय यी सबै कुरालाई लिएर कृष्णको प्रतिक्रिया आएको छ । कृष्णाले हालै ‘द कपिल शर्मा शो’मा अभिनेत्री रवीना टण्डनले आफ्नो फिल्म ‘बडे मियाँ छोटे मियाँ’ धेरै मन परेको बताइन् । यो कुरा उनीहरूलाई भन्न चाहन्छु, ‘बडे मियाँ छोटा मियाँ’ सही नाम हो । ‘बडे मियाँ छोटे मियाँ’मा छोटे मियाँको चरित्र गाविन्दाले निभाएका थिए । यसबारे कृष्णा भन्छन्, ‘छोटे मियाँ मेरा लागि बडे मियाँ हो । मैले जे सिकेको छु, उहाँबाट नै सिकेको छु । उहाँले मलाई सानो मियाँ नठान्नु बेग्लै कुरा हो । परिवार जे भए पनि चल्छ । बस्छु, यस झमेला सुल्झाउँछु । कुनै समस्या छैन ।’ पछिल्लो समय मामा गोविन्दा र भान्जा कृष्णाको सम्बन्ध राम्रो नभएको बताइएको छ । यद्यपि, कृष्णाले भने गोविन्दाबारे कुनै नकारात्मक टिप्पणी गरेनन् ।