NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

एमालेले ६३ जिल्लामा नेतृत्व छान्यो, दुई विशेष अधिवेशन

काठमाडौं । नेकपा (एमाले)ले ६३ जिल्ला अधिवशेन र दुई विशेष जिल्ला अधिवेशन सम्पन्न गरेर नयाँ नेतृत्व चयन गरेको छ ।  पर्सा, सिन्धुपाल्चोक, चितवन, दैलेख र मुगु गरी पाँच जिल्लामा अधिवेशन उद्घाटन भएको छ । तर, नेतृत्व चयन र समापन भने बाँकी छ । धनुषा, महोत्तरी, सर्लाही, मनाङ, मुस्ताङ, रुकुम पूर्व, रोल्पा, हुम्ला र बझाङ गरी नौ जिल्लामा अधिवेशनका मिति कोभिङ–१९ महामारीको संक्रमणलाई ध्यानमा राखी तय गरिनेछ । त्यसैगरी, विद्यार्थी विशेष र उद्योग–व्यवसायी विशेष जिल्ला कमिटीका अधिवेशनहरू पनि–पछि आयोजना गरिनेछन् ।  जिल्ला कमिटी सरहका सम्पर्क कमिटीहरूमध्ये मधेस प्रदेशबाहेक ६ वटै प्रदेश कमिटीका अधिवशेन पनि सम्पन्न भएका छन् ।