NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

१० हजार संक्रमित थपिए, निको हुने हिजोभन्दा आज धेरै

काठमाडौं । पछिल्लो २४ घण्टामा ५६२ जना कोरोना भाइरस संक्रमित संक्रमणमुक्त भएका छन् । हिजो (सोमबार)भन्दा आज १५ जना बढी संक्रमित संक्रमणमुक्त भएका हुन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २२ हजार ८२८ जनाको परीक्षण गरिएको थियो । जसमा १७ हजार ८७२ जनाको पीसीआर, ४ हजार ९५६ जनाको एन्टीजेन परीक्षण गर्दा १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।  साथै, पछिल्लो २४ घण्टामा एक संक्रमितको मृत्यु भएको छ । हाल देशभर ३९ हजार ४४ संक्रिय संक्रमित छन् ।