NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

सार्वजनिक यातायातमा अब यात्रुलाई बढीमा पाँच रुपैयाँमा मास्क उपलब्ध गराउनु पर्ने

काठमाडौं । काठमाडौं उपत्यकामा आज १२ बजे देखि ‘स्मार्ट लकडाउन’ सुरु हुने भएको छ । भोलि बुधबारबाट सिट क्षमता भन्दा बढी यात्रु राख्न पाइदैंन ।  सबै यात्रुलाई मास्क अनिबार्य गर्न सरकारले निर्देशन दिएको छ । यस्तै,  सवारी साधनको ढोकामा र सवारी साधनभित्र यात्रुले प्रयोग गर्ने गरी सेनिटाइजरको व्यवस्था गर्नु पर्ने छ ।   चालक तथा सहचालकले मास्क र फेससिल्ड लगाउनु पर्ने उक्त निर्देशिकामा उल्लेख गरिएको छ । सवारी साधनलाई दैनिक रुपमा निसङ्क्रमित गर्नु पर्ने छ ।  सार्वजनिक यातायातमा कुनै यात्रुले मास्क नलगाई आएमा चालक वा सहचालकले बढीमा पाँच  रुपैया लिई मास्क उपलब्ध गराउनु पर्ने छ ।    मास्क नलगाउने व्यक्तिलाई सवारी साधनमा प्रवेश गर्न नदिन सरकारले आदेश दिएको छ ।  लामो दूरीमा चल्ने सार्वजनिक यातायातमा बीचबाटोमा थप यात्रु नचढाउने गरी शुरु गन्तव्यदेखि अन्तिम गन्तव्यसम्म यातायात सञ्चालन गर्ने र यात्रुहरुको विवरण जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसि) लाई उपलध पर्ने छ ।  लामो दूरीमा चल्ने सार्वजनिक यातायातका यात्रुहरुलाई सम्भव भएसम्म एन्टिजेन परीक्षण गर्ने व्यवस्था मिलाउनु पर्ने  पनि उक्त निर्देशिकामा उल्लेख गरिएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन सहितको संक्रमण नेपालमा समेत बढ्दै गएको सन्दर्भमा सोको रोकथाम, नियन्त्रण, निदान र उपचारलाई थप प्रभावकारी बनाउन  मन्त्रिपरिषदको पुस ३० गतेको निर्णयबाट यस्तो निर्देशन जारी गरिएको हो । यो निर्देशिका आज राती १२ बजेबाट लागु हुने छ ।