NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

मधेसमा बुधबार पनि सार्वजनिक विदा

काठमाडौं । मधेस प्रदेशमा बुधबार पनि सार्वजनिक विदा दिइएको छ । नाम र राजधानी पाएको खुशीमा आज सार्वजनिक विदा दिएको सरकारले विदा एकदिन थपेको हो । बुधबार बलिदानी दिवसस्वरुप विदा दिइएको हो । ०६३ साल माघ ५ गते सिरहाको लहानमा रमेश महतोले सहादत प्राप्त गरेका थिए । उनैको स्मृतिमा बुधबार बलिदानी दिवसको कार्यक्रम तय भएको लहान नगर समितिका अध्यक्ष दिनेश महतोले बताए । सोमबार मात्र प्रदेशसभामा भएको मतदानबाट प्रदेशको नाम मधेस र स्थायी राजधानी जनकपुरधाम टुँगो लागेको थियो । यसैको खुशीयालीमा प्रदेश सरकारले आज सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।