NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ८ गते

नेपालमा कोरोना खोप व्यवस्थापन कमजोर

काठमाडौं । नेपालमा कोरोना खोपमा सर्वसाधारणको पहूँच नहुनुमा प्रभावकारी व्यवस्थापन प्रमुख कारण रहेको युनिसेफको अध्यनले बताएको छ ।

नोभेम्बर १ देखि डिसेम्बर ३१ सम्म युनिसेफले गरेको सर्वेक्षणमा भनिएको छ, ‘४७.७ प्रतिशत सर्वसाधारण जनताले स्वास्थ्य मन्त्रालयको सूचनामा भनिए जस्तो नजिकका स्थानहरूमा खोप नपाएको देखिएको छ ।’

खोपका लागि समतामुलक खोप उपलब्ध नभएको, पहिलो खोप र दोस्रो खोपको ब्राण्ड मिल्ने खोपको उपलब्धता नभएकोे तथा बुस्टर खोपको सहजता नभएको रिपोर्टमा जनाइएको छ ।

गर्भवती तथा अन्य पहिले नै दिर्घरोगी हुनेहरू २.११ प्रतिशतले डरले खोप लगाएका छैनन् ।

त्यसैगरी खोपले काम गर्दैन, बाँझोपन बढाउँछ, खोपले हानी गर्छ भन्ने जस्ता भ्रमका कारण ४.७९ प्रतिशतले खोप लगाएका तथ्य पत्ता लागेको छ ।

अध्ययनले भनेको छ, ‘परीक्षणमा खर्च लाग्ने, टेष्ट किट्सले भाइरस पत्ता लगाउनेमा शंका लाग्ने लगायतको कारण २ प्रतिशतले कोरोना परीक्षण नगर्ने गरेको पत्ता लागेको छ ।

उपचारमा धेरै खर्च लाग्ने, लामो समय सम्म लक्षण देखीने तथा सुचनाको कमीले पनि ३ प्रतिशतले कोरोनाको उपचार नगराएको देखिएको छ ।
राजनितिक भेला, खुल्ला सिमाना, परिक्षणको दायरा कम भएको कारण संक्रमण रोक्न नसकिएको १५ प्रतिशतले बताएका छन् ।

ग्रामीण क्षेत्रमा मास्क पर्याप्त नभएको वा नपुगेको, खोप लगाए पछि मास्क लगाउन नपर्ने जस्ता भ्रमका कारण ८ प्रतिशतले मास्क नलगाउने गरिएको अध्ययनले देखाएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष