गोरखाको बारपाक सुलीकोट गाउँपालिका अध्यक्षमा माओवादी विजयी

गोरखा । गोरखाको बारपाक सुलीकोट गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विष्णुप्रसाद भट्ट विजयी भएका छन् । ४ हजार २ सय ६९ मत सहित भट्ट अध्यक्षमा विजयी भएका हुन् ।
उनका निकटम प्रतिस्पर्धी कांग्रेसका जितबहादुर घलेले ३ हजार ७ सय ७८ मत पाएका छन् ।
गाउँपालिकाको उपाध्यक्षमा पनि माओवादी केन्द्रकी सनमाया गुरुङ विजयी भएका छन् ।
प्रतिक्रिया