NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १ गते

बागीले भोट बढाउँदा रेनु पछिको पछि

काठमाडौं । निकै प्रतिस्पर्धात्मक देखिएको चितवनको भरतपुर महानगरपालिकामा कांग्रेसका बागी उम्मेदवारले मत बढाउँदा गठबन्धनकी उम्मेदवार रेनु दाहाल पछाडि धकेलिएकी छन् ।

प्राप्त पछिल्लो मतपरिणाममा एमालेका मेयर उम्मेदवार विजय सुवेदीले ४४५१ मतका साथ लिड गरिरहेका छन् । उनलाई पछ्याइरहेकी रेनु ३८ मतले पछाडि छिन् ।

लगातार रेनुको मत काटेका कांग्रेसका बागी जगन्नाथ पौडेलको मत १९४० छ । उनले अघिल्लो पटक प्राप्त परिणामभन्दा झण्डै दुई सय बढी मत थपेका छन् ।